काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले तयार पारेको मस्यौदा आधारपत्रमाथि छलफल गर्न विकास परिषदको बैठक डाकिएको जानकारी दिएको हो । काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म हुने बैठकमा परिषदको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्नेछन् । आयोगले समुन्नत,…