Logo

धोबीघाटमा बन्यो कन्या सुरक्षा सर्कल स्तम्भ, राज्यमन्त्री यादबले गरे उद्घाटन

धोबीघाटमा बन्यो कन्या सुरक्षा सर्कल स्तम्भ, राज्यमन्त्री यादबले गरे उद्घाटन



काठमाडौं । ललितपुरको धोबीघाटमा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा सर्कल स्तम्भ निर्माण गरेको छ ।

laxmi

ललितपुरको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टको सामुन्ने निर्माण गरिएको उक्त स्तम्भको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका हुन ।

कन्या भ्रुणको रक्षादेखि कन्या स्वास्थ्य एवं कन्याको चौतर्फी विकासमा टेवा पुग्ने प्रतिकको रुपमा यस स्तम्भको निर्माण गरिएको महिला मण्डल काठमाण्डौं (नेपाल)की अध्यक्ष रश्मी जैनले जानकारी दिएकी छिन ।

कार्यक्रममा राज्यमन्त्री यादवले अहिंसाको सन्देश सम्प्रेषण गर्न कन्या सुरक्षा सर्कलको निर्माण गरी अत्यन्तै सह्रानीय काम गरेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, वरिष्ठ उद्योगिहरु लोकमान्य गोल्छा, नरेश दुगड लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL