Logo

सनराइज बैंक र डलर स्मार्टबीच सम्झौता, सेवा लिन डलर स्मार्टमा दर्ता गर्नु पर्ने

सनराइज बैंक र डलर स्मार्टबीच सम्झौता, सेवा लिन डलर स्मार्टमा दर्ता गर्नु पर्ने



काठमाडौं । सनराइज बैंक र डलर स्मार्ट ग्लोबलबीच रेमिटान्स सेवा सम्झौता भएको छ ।
सम्झौता पछि अष्ट्रेलिया र हङकङबाट नेपालमा पैसा पठाउँदा सहज हुने बैंकले विश्वास लिएको छ ।

laxmi

डलर स्मार्ट मार्फत नेपालमा पैसा पठाउँदा कुनै सेवा शुल्क नलाग्ने भएको छ । साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने छ । अष्ट्रेलिया र हङकङमा मात्रै रहेको यो सेवालाई केही समय पछि अन्य देशहरुमा समेत विस्तार गर्ने भएको छ ।

डलर स्मार्टको सेवा लिन सेवाग्राहिले डलर स्मार्टको वेभसाइटमा गइ दर्ता प्रक्रिया पुरा गर्नुपर्नेेछ । यसरी पठाएको रकम बैंकका सम्पूर्ण शाखा मार्फत नगद प्राप्त गर्न सकिनेछ ।

साथै बैंक खाताको हकमा भने, यो सेवा बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL