काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रशासनले काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोररबिजोर भने कायमै राखेको छ ।…