Logo

आन्तरिक हवाई उडान ५ गतेदेखि मात्रै, वायुसेवा कम्पनीहरु सहमत

आन्तरिक हवाई उडान ५ गतेदेखि मात्रै, वायुसेवा कम्पनीहरु सहमत



काठमाडौं । सरकारले असोज १ गतेदेखि नै आन्तरिक तथा बाह्य उडान गर्ने निर्णय गरपनि आन्तरिक उडान भने असोज ५ गतेदेखि मात्रै हुने भएका छन् ।

laxmi

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा भएको छलफलमा बायुसेवा संचालकहरुले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान संचालनमा ल्याउने बताएका हुन् ।

बायुसेवा संचालकहरुले उक्त बैठकमा आवश्यक तयारी गर्नुपर्ने भन्दै ५ गतेबाट सेडुअल उडान गर्ने बताएका छन् । यसमा बायुसेवा कम्पनीहरु पनि सहमत देखिएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL