Logo

बुधबार थपिए १५३९ जना कोरोना संक्रमित, मृतकको संख्या ३७९ पुग्यो

बुधबार थपिए १५३९ जना कोरोना संक्रमित, मृतकको संख्या ३७९ पुग्यो



काठमाडौं । बुधबार थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This