काठमाडौं । मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित ‘आणविक विज्ञान र समाज’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल न्युक्लियर सोसाइटीका अध्यक्ष डा कमलकृष्ण श्रेष्ठ, नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका वरिष्ठ…