Logo

एकैदिन थपिए ६३८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै १३६

एकैदिन थपिए ६३८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै १३६



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १ सय १४, भक्तपुरका ८ र ललितपुरका १४ सहित देशभर थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

७ हजार २ सय १ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL