Logo

सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय, लामो दुरीका सवारीसाधन भदौ १६ गतेदेखि संचालनमा आउने, नेपाल प्रवेशका सबै विन्दुहरु बन्द

सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय, लामो दुरीका सवारीसाधन भदौ १६ गतेदेखि संचालनमा आउने, नेपाल प्रवेशका सबै विन्दुहरु बन्द



काठमाडौं । नेपाल प्रवेश गर्ने सबै विन्दुहरु भदौ १६ गतेसम्म बन्द रहने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले होटल रेष्टुरेन्टहरु संचालन भन्दा पनि डेलिभरी गर्ने सेवामात्रै संचालन गर्ने निर्णय गरेको छ । होटल चलाएपछि भिडभाड भएपछि यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

उनका अनुसार भदौ १ गतेदेखि संचालनमा आउने लामो दुरीका सार्वजनिक यातायातलाई भदौ १५ गतेसम्म संचालनमा नल्याउने निर्णय भएको छ । यस्तै मन्त्रिपरिषद बैठकले सरकारी तथा गैर सरकारी संस्थाहरुले कर्मचारीहरुका लागि भने वर्क फ्रम होम सेवा लागु गर्न सकिने निर्णय गरेको छ । यस्तै मानिसहरुको जमघट, भेटघाट, बैठक, गोष्ठी, सेमिनारलगायत नगर्न पनि निर्देशन मन्त्रिपरिषद बैठकले गरेको छ ।

यस्तै धार्मिकस्थलहरुमा दैनिक नित्यपुजाबाहेक कुनै पनि कार्य नगर्नेसमेत निर्णय भएको छ । यस्तै सरकारले अघिल्लो मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुलाई संशोधन गर्दै उक्त निर्णयहरु गरेको हो । यस्तै सरकारले जीम, स्विमिङ पुल, पार्टी प्यालेसलगायत बन्द गर्ने निर्णयलाई पनि निरन्तरता दिईने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL