Logo

कोरोना कहर : विश्वभर १ करोड ३४ लाखभन्दा धेरै संक्रमित निको भए, ७ लाख ४४ हजारले ज्यान गुमाए (अपडेट)

कोरोना कहर : विश्वभर १ करोड ३४ लाखभन्दा धेरै संक्रमित निको भए, ७ लाख ४४ हजारले ज्यान गुमाए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड ३४ लाख २७ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ३४ लाख २७ हजार ९१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख ४४ हजार ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड ५ लाख ४ हजार ४ सय ४३ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ६७ हजार ६ सय ३५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५३ लाख ५ हजार ५ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार १ सय ३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३१ लाख १२ हजार ३ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २ सय ४२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ हजार १ सय ८८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार २ सय ५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख २८ हजार ४ सय ५ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL