Logo

भूटानमा पहिलो पटक लकडाउनको घोषणा, एक महिलामा कोरोना संक्रमण पुष्टि

भूटानमा पहिलो पटक लकडाउनको घोषणा, एक महिलामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । भूटानले पनि पहिलो पटक कोरोना सन्त्रासको कारण लकडाउनको घोषणा गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट राजधानी थिम्पू फर्किएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै भूटानले लकडाउनको घोषणा गरेको हो ।

त्यहाँको स्थानीय प्रशासनका अनुसार इराकको कुवेत शहरबाट फर्किएकी २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । उनी भर्खरै मात्र एक आधिकारिक क्वारेन्टाइनबाट घर फर्किएकी थिइन् । क्वोन्टाइनबाट घर फर्किएकी ती महिलाले राजधानी थिम्पूको आफ्ना साथीहरुसँग भेटघाट गरेकी थिइन् ।

क्वोन्टाइनमा बस्दा उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । तर, सोमबार मात्रै उनले एक प्राइभेट क्लिनिकमा पुनः कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

क्वोन्टाइनको उक्त सानो गल्तीले पूरै राजधानीमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन सक्ने भन्दै स्थानीय प्रशासनले चिन्ता व्यक्त गरेको छ । सोही कारण पनि लकडाउनको लिकल्प चुनिएको जनाइएको छ ।

दक्षिण एसियामै भूटानमा सबै भन्दा कम कोरोना संक्रमितहरु पाइएको छ, भने हालसम्म भूटानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
भूटानको कुल जनसंख्या साढे ७ लाख रहेको छ । हाल भूटानमा व्यक्ति तथा सवारी साधन आवजावतमा प्रतिबन्द लगाइएको छ ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL