Logo

नेपाली कम्पनी एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

नेपाली कम्पनी एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार



काठमाडौं । सफ्टवेयरको कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ । उक्त पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । यो कुनैपनि नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार हो ।

एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘हामी हाम्रो प्रयास अनुसार दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरू माझ अन्तराष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व गर्दछौँ । विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ ’।

अवार्ड संयोजक क्याथरिन बेन्टनले पनि एपीएसी इन्साईडरको तर्फबाट एफवान सफ्टलाई बधाई दिएकी छन् । एफवान सफ्ट नेपालको अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी र मोबाईल बैंकिङ सेवाको विकास गरेको छ, जुन नेपालका एक करोड व्यक्तिले प्रयोग गर्दछन् । कम्पनीले ७ सय जनालाई रोजगारी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL