काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका समयमा नागरिकसँग गरिएका प्रतिवद्धता पुरा गर्न वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् । उनले योजना छनौट तथा कार्यान्वयन गर्दा वहुसंख्यक नागरिकले लाभ पाउने कामलाई प्राथमिकता दिन आग्रह गरेका हुन् । महानगरको वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोलको नेतृत्वमा योजना स्वीकृतका लागि प्रमुख शाक्य भेटमा उनले यस्तो बताएका…