Logo

रामदेवको शुत्र : ‘सफल व्यवसायी बन्न आफ्नो छुट्टै व्राण्ड बनाउनुहोस’

रामदेवको शुत्र : ‘सफल व्यवसायी बन्न आफ्नो छुट्टै व्राण्ड बनाउनुहोस’


बिजखबर संवाददाता
0
Shares

व्यवसायमा सवैभन्दा महत्तवपूर्ण भनेकै व्राण्ड हो । सफल व्यवसाय सञ्चालनका लागि व्राण्ड आवश्यक हुन्छ । विश्वका सवै देशका सफल तथा ठूला व्यवसायीहरु आफ्नो व्राण्ड बनाएर मात्र व्यवसायमा अघि बढेका छन् ।

विकाशोन्मुख तथा अविकशित राष्ट्रका कतिपय व्यवसायीहरु भने अरुको चलेको व्राण्ड कपि गर्छन् । त्यसरी व्यवसायमा अघि बढ्न सकिदैन । केही समय उपभोक्तालाई त्यसरी झुक्याउन सकिएला तर दिर्घ हुदैन । अरुको व्राण्ड कपि गरेर बेच्नु आर्थिक गुलामी हो ।

कसैले पतञ्जलीको व्राण्ड बनाउला अर्थात कपि गरेर त्यस्तै उत्पादन गर्ला । हामीलाई केही समय घाटा पनि होला, तर त्यसका लागि हामी तयार छौ । किनकी हामीले व्राण्ड बनाउन गहिरो अध्ययन गरेका छौ । कपी गर्ने व्राण्डको प्रडक्ट हाम्रो जस्तो हुदैन ।

आफ्नो छुट्टै व्राण्ड बनाउन एकदम चुनौतीपूर्ण छ । सम्वन्धित व्राण्डप्रति जतिसक्दो धेरै ज्ञान हुनुपर्छ । आफुमा सम्वन्धित प्रडक्टको बृहत ज्ञान नभएसम्म काम गर्न सकिन्न । यसका लागि कम्तिमा १० देखि २० बर्ष लाग्छ ।

कतिपयलाई पतञ्जली छोटो समयमा चर्चित भएको भन्ने भान परेको होला । तर हामी पतञ्जलीलाई आजको अवस्थासम्म लयाउन २० बर्षदेखि रातदिन मेहनत गरेका छौ । १ बर्ष त हामीले विज्ञापन मात्र गर्यौ । हामीले अहिले ५० लाख देखि १ करोडसम्म तलव दिएर प्रोफेसनल राखेका छौ । जवकि अहिले पतञ्जलीको टन ओभर करिव १० हजार करोड पुगेको छ । पहिला ५० हजार देखि २ लाखको राखेका थियौ ।

नयाँ व्राण्ड बनाउदा सकेसम्म ‘न्यूज च्यानल’मा विज्ञापन राख्नुपर्छ । समाचारको विचमा विज्ञापन आउँदा अधिकांशले च्यानल परिर्तन गर्छन् । तर समाचार हेरुन्जेल पनि पञ्जलीको विज्ञापन देखिने बनाएका छौं । जसले गर्दा समाचार हेरुन्जेल आधा घण्टासम्म विज्ञापन आउँदा दिमागमा पतञ्जलीको घुस्छ । हामीले कुनै न्यूज एजेन्सिको सल्लाह अनुसार काम गरेका छैनौ । विज्ञापनमा पनि आफ्नै दिमाग चलाउनु पर्छ ।

कतिपय अवस्थामा हामीलाई आफ्नो प्रंतिशपर्धीले भन्दा ठूलो रकमको विज्ञापन गर्न सुझाव आउने गरेको छ । विज्ञापन एजेनसीहरुले त्यस्ता सुझाव दिएपनि १ सय करोड अरुले विज्ञापन गर्दा हामी २ करोडको गछौं । बाँकी पैसा उत्पादनको गुणस्तरमा खर्च गर्छौ ।

त्यस्तै एकैपटक मल्टिपल व्राण्ड बनाउनु हुदैन । पतञ्जली हाम्रो मूख्य व्राण्ड हो भने, दन्तकान्ती, पावर भिटालगायत दोश्रो अर्थात अम्व्रेला व्राण्ड हो । व्यवसायमा सवैभन्दा बिर्सिन नहुने कुरा भनेको मानिसलाई गुणस्तरीय सामान चाहिन्छ । मनिसहरुलाई क्वालिटी प्रोडक्ट चाहिन्छ । इमान्दारीबाट तल झर्नु हुँदैन ।

योग बाट सृजनात्मक सोच
बिहान उठेर योग गर्दा कुनै सृजनात्मक सोच आउँछन । सवैको दिमागमा सवैभन्दा पहिला कुनै नयाँ आइडिया आउँछ, त्यसलाई एकजीक्युट गर्न सक्ने सफल बन्छ । विहान उठेर योग गर्दा फिटनेश हुन्छ । व्यवसायीहरुलाई दैनिक योगको आवश्यकता छ । यसले दिमागलाई फ्रेस बनाउँछ ।
हामी दैनिक १८ घण्टा काम गर्छौ । दिनमा कम्तीमा दुई घण्टा योग गर्ने र आधा घण्टा खानका लागि राख्नुपर्छ । विजनेशमा रहेका मानिसहरु खाना छिटो खान्छन् । उनीहरुलई खाना खाने समय पनि हुँदैन । खानाका लागि फुर्सद नभए पैसा केका लागि ?

त्यसैले आधा घण्टा खाजा वा खाजा खान लगाऔं । अमेरिका तथा युरोपमा गाडीमै खाजा गर्छन् । त्यो बानी स्वास्थ्यको लागि राम्रो हुँदैन ।
बेलुकाको खाना धेरै खाएर सुत्दा शरिरमा बोसो जम्मा हुन्छ । यसले मोटोपना डाइवेटिज, प्रसरलगायत रोग निम्त्याउछ । स्वस्थ रहन चाहनेले विहान ८, १२,४ र ८ बजे खानुपर्छ ।

काम गरेर तनाव हुदैन । म मान्दीन । कामबाट तनाब हुने भए मलाई सवैभन्दा बढी तनाव मलाई हुन्थ्यो । तर मलाई केही विमार छैन । डरबाट तनाव हुन्छ । काम गर्न सक्दिन की भन्ने । त्यस्तै भरोसा नगर्नाले पनि तनाव हुन्छ । लक्ष्य पुरा नगर्दा पनि तनाव हुन्छ ।

(मंसिर ८ गते नेपाल उद्योग वाणिज्य महासंघमा आयोजीत् कार्यक्रममा रामदेवले राखेको विचार)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL