काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५४ हजार ८ सयमा कारोवार भएको हो । यता चाँदीको भाउ भने सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी तोलाको ७ सय ९० मा कारोबार भएको छ ।