Logo

नेपाली बजारमा भित्रियो यूनीकोर्न, केमू र ब्लायक फ्राइडे मार्फत खरिद गर्न सकिने

नेपाली बजारमा भित्रियो यूनीकोर्न, केमू र ब्लायक फ्राइडे मार्फत खरिद गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भारतीय मोवाइल निर्माता कम्पनी यू टेलिभेन्चर्सका मोवाइलहरु नेपाली बजारमा भित्रिएको छ । माइक्रोम्याक्स इन्र्फम्याटिक्स प्रालिको सहायक कम्पनीले यूनिकोर्न ब्राण्डका मोवाइलहरु नेपाली बजारमा भित्र्याएको हो ।

हाल यूनिकोर्नले सबै नियमहरु परिवर्तन गर्दै फ्ल्यागशिपलाई पुर्न परिभाषित गरिरहेको छ । नयाँ यूनिकोर्न नेपालको अनलाइन स्टोर केमू र केमूले ल्याउन लागेको ब्ल्याक फ्राइडे उत्सवमा विशेष छुटका साथ उक्त मोवाइलहरु उपलब्ध गराउनेछ । सो उत्पासव नोभेम्बर २५ तारिखदेखि नोभेम्बर २८ तारिखसम्म आयोजना हुनेछ ।

यो फोन सहज किनारा सहितको घुमाउरो २.५ डी ग्लाससहित आउने छ भने यसमा पूरै मेटल बडी रहेको छ । यसको यूनिकोर्न मिडियाटेक हेलियो पी १० अक्टा कोर प्रोसेसरका साथमा आउनेछ जसमा ४ जीबी र्याम र ३२ जीबी रोम रहेको छ ।

१३ मेगापिक्सेल अटो फोकस मूख्यक्यामरा रहेको सो फोनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामराले छ । ओभी १३८५३ प्योरसेल इमेज सेन्सरको भिजुअल विजार्डले अल्ट्रा हाई डेफिनिसन भिडियो रेकर्डिग गर्न र निरन्तर तस्विरहरु सम्झनलाई सहजता प्रदान गर्दछ । यसमा ०.२ सेकेण्डमा फोन अनलकगरि तिब्र गतिमा फिंगरप्रिन्ट अनलक गर्न सकिने छ ।

यूनिकोर्नमा ४ हजार ब्याट्रि क्षमता रहनुका साथै एसलाई एकपटक चार्ज गरेपछि ४ दिनसम्म चलाउन सकिने छ । यसमा यूनिकोर्नको डिटिएस अडियोसँगै डाइनामिक भोल्यूम लेभलिङ,, अटोमेटिक बास म्यानेजमेन्ट र मल्टिपल फिल्टर टाइप्स समेत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL