Logo

हस्तकला मेलाको दोस्रो दिन ३० हजारले गरे अवलोकन, २ करोडको कारोवार

हस्तकला मेलाको दोस्रो दिन ३० हजारले गरे अवलोकन, २ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिताको दोस्रो दिन करिब ३० हजार जनाले अवलोकन गरेका छन् । सो दिन मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।

सोही बमोजिम शनिबार शेर्पा डे समेत मनाईएको थियो । जसमा शेर्पाको सांस्कृतिक पहिचान झल्किने स्याब्रु नृत्य, सिलि र याक नृत्य शेर्पा सांस्कृतिक समाजद्वारा प्रस्तुति गरिएको थियो । मेलाको दोश्रो दिन पूर्व अर्थमन्त्री, सभासद् तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मेलामा ७ वटा पेभिलियन सहित १ सय ७८ वटा स्टलहरु रहेका छन् । जसमा बंगलादेश, पाकिस्तान, चीनको स्वाभासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले यस मेलामा भाग लिई रहेका छन् । जसमा बीटूबी मिटिङमा चीन, ईरान, संयुक्त अरब ईमिरेटस र भुटानका आयातकर्ताहरु रहेका छन् । मेलामा देश भरिकै स्थानीय हस्तकला वस्तुको प्रतिनिधित्व गराउने महासंघको लक्ष्य भएता पनि प्रत्यक्ष रुपमा मेलामा ४० जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व रहेको छ । हिजोदेखि शुरु भएको सो मेला १४ गतेसम्म चल्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL