Logo

ग्लोबल आईएमई र युएई एक्सचेन्जबीच सहकार्य, खाडी मुलुकबाट पैसा पठाउन सहज

काठमाडौं । ग्लोबल आइएमई बैंकले युएई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा पठाउने छन् । साथै सो रकम ग्लोबल रेमिटका ७ हजार भन्दा बढी एजेन्ट मार्फत निकाल्न सकिने छ…