काठमाडौं । सार्वजनिक यातायात समितिको सम्पत्ती छानविन गर्ने योजना अन्यौलमा परेको छ । सरकारले गत बैशाख ४ गते सार्वजनिक गरेको यातायात निर्देशिकामार्फत ल्याएको सार्वजनिक यातायातका समितिको सम्पत्ती छानविन गर्ने योजना नै अन्यौलमा परेको हो । सरकारले यातायातमा भएको एकाधिकार हटाउने भन्दै विभिन्न समितिमा भएका सवारीसाधनहरु कम्पनीमा दर्ता गर्ने, समितिको नाममा रहेको बैंक खाता रोक्का गर्ने…