Logo

राष्ट्र बैंकले तोड्यो प्राईम र ओम डेभलपमेन्ट बैंकको एक्विजिशन, पुनर्कर्जा र शाखा खोल्न रोक

राष्ट्र बैंकले तोड्यो प्राईम र ओम डेभलपमेन्ट बैंकको एक्विजिशन, पुनर्कर्जा र शाखा खोल्न रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र ओम डेभलपमेण्ट बैंकबीचको एक्विजिशन प्रक्रियालाई तोड्ने निर्णय गरेको छ । राष्ट्र बैंक संचालक समितिको आज बसेको बैंठकले उक्त प्रक्रिया तोडाउने निर्णय गरेको हो ।

ओम डेभलपमेन्ट बैंकलाई प्राईम कमर्सियल बैंकमा एक्विजिशन गराउनका लागि दुई संस्थाबीच भदौं ३ गते सम्झौता भएको थियो । त्यसपछि गत कात्तिक तेस्रो साता नेपाल राष्ट्र बैंकले प्राइम र ओमलाई एक्विजिशनमा लैजानका लागि सैद्धान्तिक सहमति दिएको थियो । मर्जर तथा एक्विजिशन प्रक्रिया चलेको लामो समयसम्म पनि नटुङ्गिदा राष्ट्र बैंकले चाडै टुङ्ग्याउन दुबै बैंकलाई चेतावनी दिएको थियो ।

सोही अनुरुप केही समयअिघ प्राईम कमर्सियल बैंकले आफुहरु जस्तो सुकै परिस्थितीमा पनि ओम डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्न तयार रहेको भन्दै पत्र पठाएको थियो । तर, पछिल्लो समय राष्ट्र बैंकले ओम डेभलपमेन्ट बैंकको प्रस्तावको आधारमा मात्र उक्त मर्जर तथा एक्विजिशन प्रक्रियालाई तोड्ने निर्णय गरेको हो ।

दुई संस्थाबीचको एक्विजिशन प्रक्रिया तोडिएसँगै मर्जर नियमावली अनुसार कारबाही समेत गरिएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । ‘हामीले आजै मात्र दुई संस्थाबीचको एक्विजिशन प्रक्रिया तोड्ने निर्णय गरेका छौं,’ उच्च स्रोतले भन्यो, ‘उक्त निर्णयको माईनुट भइसकेको छैन माइनुट भएसँगै केकस्ता कारबाही गर्ने सबै टुङ्गो लाग्नेछ ।’

विशेषगरी मर्जर तथा एक्विजिशन नियमावलीमा रहेको व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न नपाउने, राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको पुनर्कर्जाको सुविधा नपाउने लगायत कारबाही गरिएको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL