Logo

नयाँ शक्ति र फोरमबीच एकता घोषणा, भट्टराई र यादव दुवै अध्यक्ष (यस्तो छ सहमति)

नयाँ शक्ति र फोरमबीच एकता घोषणा, भट्टराई र यादव दुवै अध्यक्ष (यस्तो छ सहमति)



काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच सोमबार एकता घोषणा भएको हो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच शनिबार एकता गर्ने सहमति भएको थियो ।

सोही सहमति अनुसार सोमबार नयाँ शक्तिका संयोजक भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले ९ बुँदे सहमतिमा हस्तक्षर गरी पार्टी एकता गरेका हुन ।

‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा उल्लेख छ ।

नयाँ पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन । संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL