काठमाडौं । सरकारले विभिन्न भन्सार कार्यालयहरुलाई विदेशबाट आउने अत्यावश्यक बस्तुको जाँचपास छिटो गर्न निर्देशन दिएको छ । भन्सार विभागले आईतबार एक सुचना जारी गर्दै विभिन्न भन्सार नाकामा अत्यावश्यक बस्तुको २ घण्टामै जाँचपास गरी पठाउन निर्देशन दिएको हो । विभागले विदेशबाट पैठारी हुने मास्क, सेनिटाईजर, सर्जिकल ग्लोभ्स, खाद्यान्न लगायतका बस्तुहरुलाई सकेसम्म चाँडो जाँचपास गराउन निर्देशन दिएको…