Logo

विश्वभर कोरोना संक्रमणबाट निको हुने बढ्दैं : उपचारपछि निको भएर घर फर्किए साढे २८ लाख नागरिक (अपडेट)

विश्वभर कोरोना संक्रमणबाट निको हुने बढ्दैं : उपचारपछि निको भएर घर फर्किए साढे २८ लाख नागरिक (अपडेट)



काठमाडौं । कोरोना भाईरस संक्रमित पछि उपचार गरि घर फर्कनेको संख्या २८ लाख ४६ हजार ७१३ जना पुगेको छ । हालसम्म संक्रमितको संख्या भने ६२ लाख ६३ हजार ९०५ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार ८९९ जना पुगेको छ ।

laxmi

पछिल्लो २४ घण्टामा ४ हजार ६५६ जना नयाँ संक्रमित थपिएका छन भने थप मृत्यु हुनेको संख्या भने २०२ जना मात्रै रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै विश्वभर फैलिएको उक्त भाईरसले अमेरिकामा मात्रै १ लाख ६ हजार १९५ जनाको ज्यान गएको छ । संक्रमितको संख्या भने १८ लाख ३७ हजार १७० रहेको छ ।

अमेरिका पछि सबै भन्दा बढी संक्रमित हुने देशहरुमा ब्राजिल, रसिया, स्पेन, बेलायत, इटालि, भारत, फ्रान्स, जर्मन, पेरु टर्कि र इरान रहेका छन । त्यस्तै १ लाख भन्दा कम संक्रमितहुने देशहरुमा भने चिली, क्यानाडा, मेक्सीको, साउदी अरेबिया, चीन, पाकिस्तान, बेल्जीयम, नेदरल्याण्ड, इक्वेडरलगायतका रहेका छन ।

त्यस्तै उक्त भाईरसबाट १० हजार भन्दा बढीको संख्यामा मृत्यु हुने देशहरुमा भने ब्राजिल, स्पेन, बेलायत, इटालि, फ्रान्स रहेका छन भने १० हजार भन्दा कमको संख्यामा मृत्यु हुने देशहरुमा भने रसिया, भारत, जर्मन, पेरु, टर्कि, इरान, चिली, चीन, क्यानाडा, मेक्सीको, पाकिस्तान, बेल्जीयम, नेदरल्याण्ड, इक्वेडरलगायतका अन्य मुलुक रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL