Logo

के डिसईन्फेक्सनले मर्छ कोरोना ? कुन बस्तुमा कति समयसम्म रहन्छन भाईरसका किटाणु ?, यस्तो छ बैज्ञानिक निष्कर्ष

के डिसईन्फेक्सनले मर्छ कोरोना ? कुन बस्तुमा कति समयसम्म रहन्छन भाईरसका किटाणु ?, यस्तो छ बैज्ञानिक निष्कर्ष



काठमाडौं । जब कोरोना भाईरस ९कोभिड–१९० ले विश्वको भ्रमण गर्दै थियो यसको ट्रेसिङ गर्ने भन्दै विभिन्न सार्जजनिक स्थान, चोक, गल्लीलगायतमा किटाणुरहित गर्ने काम समेत अघि बढाईयो । मानिसमा संक्रमण हुँदा उसले भेटेका, गएको स्थानमा मानिसलगायतलाई कन्ट्र्याक्ट ट्रेसिंगको नाममा परिक्षण गर्ने गरिन्छ । यस्तै विभिन्न बस्तु तथा स्थानमा समेत संक्रमण फैलन सक्ने भन्दै विभिन्न स्थानमा डिसईन्स्फेक्सन गर्ने कार्य पनि गरिने गरिएको छ ।

तर, अमेरिकास्थित रोग नियन्त्रण तथा व्यवस्थापन केन्द्रका अनुसार विभिन्न सतह तथा स्थानमा, बस्तुमा डिसईन्फेक्सन गरेर भाईरसलाई निर्मल पार्न सकिदैन । साथै विभिन्न पसल तथा ठुला मलहरुमा डिसईन्फेक्सन गरेर मात्रै यसको संक्रमण फैलावटलाई रोक्न सकिदैन । तर, आफुलाई भाईरसबाट जोगाउनका लागि आफुले छोएको ठाउँको बारेमा सोच्नुभन्दा पनि आफुले हात धुनेबारेमा धेरै सोच्नु जरुरी हुन्छ । हात धुनु नै कोरोना भाईरसको संक्रमणबाट बच्ने सबैभन्दा उत्तम र सजिलो उपाय हो ।

कोरोना भाईरस फैलने प्रमुख कारण नै कुनै संक्रमित व्यक्तिले हाच्छ्यु गर्दा, खोक्दा तथा कुराकानी गर्दा उसको मुखबाट उछिट्टिएका थुकका छिटा अन्य व्यक्तिको सम्पर्कमा पुगेपछि हो । साथै उक्त थुकका छिटा स्वस्थ मानिसको नाक, मुख तथा आँखामा पुगेपछि मात्रै स्वस्थ व्यक्ति संक्रमित हुने हो । यसलाई रोक्ने प्रमुख उपाय ६ फिटको दुरी कायम गर्ने र मास्क लगाउने नै हो ।

यस्तै एक अध्ययनको थ्योरीमा भनिएको छ, कुनै संक्रमित व्यक्तिका थुकका छिटा कुनै सतहमा खसेपछि स्वस्थ व्यक्तिको हातले त्यसमा छोईसकेपछि पुन मुखमा छोईयो भनेपनि यसको संक्रमण सर्छ । तर, यो पनि भाईरस सर्ने प्रमुख कारण भने होईन । भाईरस सर्ने प्रमुख कारणको रुपमा मानिसको निकटता नै हो ।

यस्तै एक अध्ययन अनुसार कोरोना भाईरस विभिन्न कार्डबोर्डमा २४ घण्टासम्म जिवित रहन सक्छन भने प्लास्टिक तथा अन्य धातुमा २ देखि ३ दिनसम्म जिवित रहन सक्छन् । तर, समयअनुसार यस्ता बस्तुहरुमा भएका भाईरसको संख्यामा गिरावट आईरहेको हुन्छ ।

यस्तै अमेरिकास्थित खाद्य तथा औषधि प्रशासनले आफ्ना नागरिकलाई खानामा पनि केही हदसम्म डराउनुपर्ने सुझाव दिएको छ । विभिन्न खाद्य स्टोहरुबाट आउने खानामा पनि कोरोना भाईरसका किटाणुहरु हुनसक्ने भन्दै यस्ता कुरामा ध्यान दिन आह्वान गरेको हो । याहुन्यूजबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL