Logo

कपिलवस्तुका थप ५ जना संक्रमित उपचारपछि डिस्चार्ज, कपिलवस्तुमा डिस्चार्ज हुनेको संख्या २३

कपिलवस्तुका थप ५ जना संक्रमित उपचारपछि डिस्चार्ज, कपिलवस्तुमा डिस्चार्ज हुनेको संख्या २३



कपिलवस्तु । कोरोना महामारीबाट धेरै प्रभावित मध्ये एक जिल्ला कपिलवस्तुमा थप ५ जनाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाका ५ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

डिस्चार्ज हुनेमा कपिलवस्तु नगरपालिकाका ४ जान र विजयनगर गाउँपालिकाका एक जना रहेका छन् । उनीहरु रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा उपचारत रहेका थिए ।

योसँगै कपिलवस्तुमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २३ पुगेको छ । जिल्लामा अहिलेसम्म २७० जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL