Logo

विश्वको सातौं सवैभन्दा बढी कोरोना प्रभावित देश बन्यो भारत, यस्तो छ अवस्था

विश्वको सातौं सवैभन्दा बढी कोरोना प्रभावित देश बन्यो भारत, यस्तो छ अवस्था



काठमाडौं । कोरोना भाइरसबाट विश्वका सवैभन्दा बढी प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा पुगेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमणका संख्या दुई लाख नजिक पुगेको छ । भारतमा कुल एक लाख ९० हजार ६०९ कोरोना संक्रमित छन् भने पाँच हजार ४०८ जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जारी गरेको तथ्यांकअनुसार पनि कोरोना भाइरस संक्रमितको संख्याका हिसाबले भारत दुनियाँको सातौं सवैभन्दा प्रभावित देश बनेको छ । डब्लूएचआको अनुसार भारतमा संक्रमणको कुल संख्या एक् लाख ८२ हजार १४३ छ भने पाँच हजार १६४ जनाको मृत्यु भइसकेको छ ।

अमेरिका र ब्राजिल कोरानाबाट सवैभन्दा नराम्रो प्रभावित देश हुन् । अमेरिकामा संक्रमणबाट एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको आंकडा १७ लाख नाघेको छ ।

त्यस्तै ब्राजिलमा पाँच लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने ३० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL