काठमाडौं । अबदेखि पूर्वराजाको तस्बिर अंकित नोट प्रयोगमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्ता नोेटहरु प्रयोगका लागि नपठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको सफा नोट नीतिअनुसार अबदेखि झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने…