Logo

आइएमई मोटर्सद्वारा प्रर्वद्धित अशोक लेलैण्डका सवारी खरिदमा एनएमबि बैंकको सहुलियत कर्जा, यस्ता छन् सुविधा

आइएमई मोटर्सद्वारा प्रर्वद्धित अशोक लेलैण्डका सवारी खरिदमा एनएमबि बैंकको सहुलियत कर्जा, यस्ता छन् सुविधा



काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रर्वद्धित अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजनेश अफिसर सुदेश उपाध्याय र आइएमई मोटर्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

laxmi

यस सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डस्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कंपनी बीच संयुक्त रुममा ब्राण्ड सचेतनाका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता भएको छ ।

एलसीभी सेगमेन्टअन्तर्गत डस्ट मोडेलका सवारी साधनहरु विभिन्न एप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेशन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL