Logo

गभर्नर अधिकारी भन्छन– यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन, व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित भइदिनुस्

गभर्नर अधिकारी भन्छन– यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन, व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित भइदिनुस्



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकाले यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पु¥याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरेका छन्।

केन्द्रीय बैंकले मंगलबार आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उनले कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बैद्धनमा टेवा पुग्ने गरी वित्तीय सेवा प्रदान गर्न आग्रह गरे।

उनले भने, ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन आफ्नो व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित भइदिनुस् ।’ वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षलाई आग्रह गरे ।

राष्ट्र बैंकले मर्जररप्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जररप्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न सकिने बताए ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । उनले भने, ‘अब ई–कमर्शलाई प्रर्वद्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्छ ।’

बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षसँग छलफल गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL