Logo

दुई महिनामै चिया-कफीको निर्यातमा रेकर्ड कायम, पहिलोपटक आयात भन्दा अर्बौ बढीको निर्यात

दुई महिनामै चिया-कफीको निर्यातमा रेकर्ड कायम, पहिलोपटक आयात भन्दा अर्बौ बढीको निर्यात



काठमाडौं । आर्थिक बर्ष २०७६-७७ मा ३३ करोड ३७ लाख बढीको व्यापारघाटा रहेको चिया–कफीमा यो वर्ष भने सुधारको लक्षण देखिएको छ । चालु आर्थिक बर्ष २०७७-७८ को पहलिो २ महिनामा नेपालमाआयातमा हुने चिया कफीको दर भन्दा निर्यातको दर उच्च देखिएसँगै व्यापारघटामा सुधारको अपेक्षा गरिएको हो ।

नेपालमा उत्पादित हुने चिया तथा कफी चालु आर्थिक बर्षको पहिले २ महिना साउन र भदौमा विभिन्न देशमा गरी २ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । तर, सोही अवधिमा जम्मा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको चिया कफी बाहिरबाट आयात भएको छ । गत बर्षको सोही अवधिमा भने २ अर्ब १६ करोड बराबरको चियाकफी आयात हुँदा निर्यात भने जम्मा १ अर्ब ८२ करोड रुपैयाँको मात्रै थियो । यो अवधिमा चिया तथा कफीमा १ अर्ब बढीको निर्यात व्यापार नेपालले गरेको छ ।

कोरोना भाईरसको महामारीका बेला नेपाली चियाको माग उच्च रुपमा बढेपछि यसको आयात हालसम्मकै उच्च भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोना महामारीमा पनि नेपालमा यसको उत्पादन रोकिएको छैन् । विदेशमा भने उत्पादन बन्दभएसँगै नेपालको चियाको माग ह्वात्तै बढेको उनले बताए ।

नेपालको चियाको गुणस्तरले पनि राम्रो फाईदा पुर्याएको उनको भनाई छ । ‘हामीले लकडाउनमा पनि गार्डेन बन्द गरेनौं, काम चालु राख्यौं,’ उनले भने, ‘यसैको परिणामस्वरुप नेपालले पछिल्लो २ महिनामा ईतिहासकै बढी चिया निर्यात गर्न सफल भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पछिल्लो २ महिनामा नेपालबाट करिव ५३ लाख किलो चिया निर्यात भईसकेको छ । तर गत बर्षको सोही अवधिमा भने यस्तो चिया झण्डै २४ लाख केजी चिया निर्यात भएको थियो । यस्तै नेपाली चियाको गुणस्तरका कारण पनि विदेशमा नेपाली चियाको खपत बढेको बोर्डका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । उनका अनुसार हाल पनि प्रतिदिन १४ देखि १५ ट्रक चिया नेपालबाट निर्यात भईरहेको छ ।

यस्तै नेपाली चियाको प्रर्वद्धनका कारण पनि नेपाली चियाको डिमान्ड अन्तरराष्ट्रिय बजारमा भएको उनको भनाई छ । ‘हामीले चिया कफीका लागि गरेको प्रर्वद्धनका कार्यक्रम र अन्तरराष्ट्रिय बजारमा घटेको उत्पादनका कारण नेपाली चियाको माग बढेको हो,’ उनले भने, ‘चालु आवको २ महिनामा पोहोरको तुलनामा दोब्बरले चियाको निर्यात बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL