जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, बेलुका ५ बजेसम्म आवेदन दिन सकिने


बिजखबर संवाददाता
30 September, 2020 9:43 am

general-insurance-company

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस अघि कम्पनीले असोज ११ गते देखि १४ गते सम्मका लागि ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

कम्पनीले निष्काशन गरेको आईपिओ मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ ।

Nabil_bank

त्यस्तै, हालसम्ममा कम्पनीको आईपीओमा ६ लाख ८३ हजार ३ सय ७२ आवेदकले १ करोड ९२ लाख ६ हजार २ सय ७० कित्ताको लागि आवेदन दिएका छन् । आवेदकले आज बेलुका ५ बजे सम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्