Logo

कोरोना कहर : विश्वमा संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, १० लाख १२ हजारले ज्यान गुमाए (अपडेट)

कोरोना कहर : विश्वमा संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, १० लाख १२ हजारले ज्यान गुमाए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ भने १० लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३८ लाख ३८ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख १२ हजार ५८९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ५१ लाख ४३ हजार ९२७ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १० हजार ७८५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७४ लाख ६ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४४ हजार २२७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९७७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १ हजार १७८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ८० हजार ५०० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८४९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४३ हजार १० पुगेको छ ।

नेपालमा मंगलबार देशभर गरी १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७६ हजार नाघेको छ । कुल संक्रमितमध्ये अहिलेसम्म नेपालमा ५५,३०० जना निको भइसकेका छन् भने ४९१ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL