Logo

सुरु भयो एफएनसीसीआईको ५४ औं साधारणसभा, प्रम ओलीले गरे उद्घाटन

सुरु भयो एफएनसीसीआईको ५४ औं साधारणसभा, प्रम ओलीले गरे उद्घाटन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५४ औं साधारणसभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर उद्घाटन गरेका हुन् ।

आज साधारणसभा सुरु भएपनि महासंघको बन्दसत्र भने भोली हुने महासंघ स्रोतले जनाएको छ । स्रोतका अनुसार बन्दसत्र पनि भिडियो कन्फ्रेन्समार्फत हुने बताईएको छ ।

बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छाले महासंघको आगामी नेतृत्व पाउनुहुने छ । बाँकी पदहरुमा भने निर्वाचन हुने महासंघले जनाएको छ । १३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

महासंघको निर्वाचनका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन कार्यक्रम हुने महासंघले जानकारी दिएको छ । कोरोनाको जोखिम र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दाभिन्दै ठाउँमा निर्वाचन कार्यक्रम तय गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्यांक्वेट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा वस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL