Logo

‘क्यापिटल फ्लाईट’प्रति प्रधानमन्त्री आक्रोसित, यदि कसैले लगानी बाहिर लैजान खोज्छ भने सरकार कडा रुपमा प्रस्तुत हुन्छ

‘क्यापिटल फ्लाईट’प्रति प्रधानमन्त्री आक्रोसित, यदि कसैले लगानी बाहिर लैजान खोज्छ भने सरकार कडा रुपमा प्रस्तुत हुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी पूँजी विदेश पलायन गर्नेप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । अहिले स्वदेशी व्यवसायी सक्षम नहुँदा बाह्य पूँजी भित्र्याउनु परेको जानकारी दिँदै यदि नेपालमा भन्दा विदेशमा बढी फाइदा नै भएपनि देश विकाका लागि त्यस्तो पूँजी स्वदेशमै लगानी गर्नुपर्ने बताए । पछिल्लो समय नेपाल उद्योग परिसंघलगायतका संघसंस्थाले नेपालीलाई विदेशमा पनि लगानी गर्न खुला गर्नुेपर्ने आवाज उठाईरहँदा प्रधानमन्त्रीले भने सो कुरा बताएका हुन् ।

अबका दिनमा ठूला आयोजना लगानी गर्न नेपाली उद्योगी व्यवसायी नै सक्षम हुनुपर्ने बताउँदै नेपालमा कमाएर बाहिर लगानी गर्ने बातावरण नबनाउन समेत आग्रह गरेका थिए । ‘नेपालमा भन्दा बाहिर केही बढी फाइदा हुन्छ भने पनि नेपालीले त्यस्तो पूँजी बाहिर लैजान हुँदैन र मिल्दैन पनि,’ नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बाधन गर्दै उनले भने, ‘यदि कसैले त्यसो गरेमा सरकार कडारुपमा प्रस्तुत हुनेछ तर यदि कसैले स्वदेशमै लगानी गरेर रोजगारी सिर्जना गर्छ भने त्यसलाई सरकाले संरक्षण दिनेछ ।’

यदि कसैले देशमा उत्पादन बढाएर रोजगारी सिर्जना गर्दै निर्यात गर्छ भने त्यस्ता उद्योगी व्यवसायीसँग सरकार टेवलमा वसेर छलफल गर्न तयार रहेको समेत प्रधानमन्त्रीको उद्घोष गरे । अहिले देशमा कतिपय व्यक्तिले आफ्नो जिम्मेवारीबोधभन्दा स्वतन्त्रता उपयोग गरेको जानकारी दिँदै त्यस्ता व्यक्तिको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL