Logo

महासंघ साधारणसभालाई सम्बोधन गर्दै प्रधानन्त्रीले भने, ‘हामीले भएर नदिएका होइनौं नभएपछि के गर्ने ?’

महासंघ साधारणसभालाई सम्बोधन गर्दै प्रधानन्त्रीले भने, ‘हामीले भएर नदिएका होइनौं नभएपछि के गर्ने ?’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कारण समस्यामा परेको उद्योगी व्यवसायीलाई चाहेर पनि सहयोग गर्न नसकेको बताए । ‘नेपाल सरकार मनको गरिव होइन, दिन कन्जुस्याई गरेको होइन तर हाम्रो आर्थिक क्षमता नभएर नदिएका हौं,’ नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने, ‘अविभावकको क्षमता अनुसार सहयोग गरेकै छ र आगामी दिनमा पनि सहयोग गर्न कन्जुस्याई गर्ने छैन ।’ साथै नेपाल सरकारले आफ्नो क्षमता भन्दा माथि उठेर उद्योगी व्यवसायीको पुर्नउत्थानका लागि काम गर्ने समेत उनले प्रतिवद्धता जाहेर गरेका थिए ।

laxmi

निजी क्षेत्रलाई संगठित रुपमा योजनाबद्ध रुपमा अघि बढ्ने वातावरण बनाउन महासंघले खेलेको भुमिका प्रशंसनीय रहेको समेत उनले बताए । ‘निजी क्षेत्रकै कारण देशमा आर्थिक विकास भएको भन्दै इन्नोभेटिभ र नयाँ नयाँ काममा निजी क्षेत्र लागेको छ,’ उनले भने, ‘अहिले सरकारलेभन्दा निजी क्षेत्रले धेरै राम्रो काम गरेको छ यो प्रशंसायोग्य छ ।’

प्रधानमन्त्री ओलीले महासंघको साधारणसभा तथा निर्वाचनपछिको नयाँ नेतृत्वले व्यवसायीका साथै नेपाल सरकारलाई समेत फाइदा पुग्नेगरी साझा निष्कर्श निकाल्नुपर्ने बताएका थिए । कोरोनाको कहरबीच ठूलो बचत भएका देशले उद्योगी व्यवसायीको पुर्नउत्थानका लागि ठूलो रकम दिएको विषय उठान गर्दै नेपाल सरकारले आफुसँगै नभएरनै नदिएको बताए ।

उनले देशमा कृषिमा आधारित उद्योगहरुलाई प्रशय दिँदै औद्योगिक क्रान्ति गर्नुपर्ने भन्दै यसका लागि सरकारले सक्दो सहयोग गर्ने बताए । ‘रोजगारी सिर्जन र उत्पादन र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जानुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रको सफलता नै देशको सफलता हो त्यसैले यहाँहरुलाई सफल बनाउन राज्य लाग्नेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, बजारमा सरकारले नवउदारबादी र दलालपूँजीबादलाई प्रशय दियो भन्ने भ्रमसिर्जना गर्ने अभिव्यक्ति दिएर व्यवसायीमाझ भ्रम सिर्जना गरेको हुनसक्छ । तर म अहिले नै स्पष्ट पार्न चाहन्छु कि राज्यको नजरमा सबै समानछन् र सबैलाई कानुनसम्वत रुपमा सुरक्षा दिन्छ । तर व्यवसायीका कारोबार अबैधानिक नहोस यहि नै सरकारको आग्रह हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL