काठमाडौं । आन्तरिक राजस्व विभागले चैत्र मसान्तसम्म करदातालाई आयकरको दोस्रो किस्ता बुझाउन आग्रह गरेको छ । विभागले दोस्रो किस्ताबापतको कर चैत्र मसान्तभित्रै बुझाउनुपर्ने बताउँदै ताकेता गरेको हो । मंगलबार सूचना जारी गर्दै विभागले कर नबुझाए शुल्क, जरिवाना तथा ब्याज लाग्ने बताएको छ । आर्थिक वर्ष २०७७र७८ को आयकरको दोस्रो किस्ताबापतको अनुमानित करको ७० प्रतिशत रकममध्ये…