Logo

सांग्रिला विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता, टाटा ब्राण्डका गाडी खरिदमा ७० प्रतिशत कर्जा पाईने

सांग्रिला विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता, टाटा ब्राण्डका गाडी खरिदमा ७० प्रतिशत कर्जा पाईने



काठमाडौं । सांग्रिला विकास बैंक र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको सिप्रदी ट्रेडिङ प्रालिबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले टाटा एससीभी कार्गाे तथा पिक अप भेहिकल ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबाट नयाँ गाडी खरीद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशत सम्म बिना धितो कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिन भित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ । उक्त सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९५ वटै शाखाहरुबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL