Logo

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अध्यक्षमा सहसचिव दिर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालय अन्तर्गत संस्थान समन्वय महाशाखाका प्रमुख रहेका उनलाई सरकारले नेप्सेको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

उनी राजस्व अनुसन्धान विभागको महानिर्देशकसमेत रहेर काम गरिसकेका छन् । यसअघि नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिईओ) अर्थमन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषदले तोक्दै आएको थियो । तर यसपटक भने अर्थमन्त्रालयकै सहसचिवलाई यसको जिम्मा दिईएको हो । उनले सोमबारबाटै पदभार ग्राहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL