काठमाडौं । पछिल्लो २ बर्षयता यातायात व्यवस्था विभागमा ४ जना महानिर्देशक परिवर्तन भए । यस अवधिमा सेवाग्राहीले भने विभागको सेवामा कुनै परिवर्तन महसुस गर्न सकेका छैनन् । विभागमा महानिर्देशक परिवर्तन भइरहेपनि सेवाग्राहीले पाउने सेवासुविधामा उही पुरानै झमेला, अव्यवस्था र ढिलासुस्ती कायमै छ । यातायात क्षेत्र सम्बद्धहरुले नयाँ महानिर्देशक परिवर्तन भएर आएपछि लाइसेन्स वितरण, यातायात व्यवस्थापनलगायतमा…