Logo

बिग्रदै देशको आर्थिक अवस्था, २ बर्षपछि पहिलो पटक शोधनान्तर स्थिति घाटामा

बिग्रदै देशको आर्थिक अवस्था, २ बर्षपछि पहिलो पटक शोधनान्तर स्थिति घाटामा



काठमाडौं । कोरोना पछिको लकडाउनका कारण थला परेको नेपाली अर्थतन्त्र थप कठिन अवस्थामा पुगेको छ । लामो समयसम्म बचतमा रहेको देशको शोधनान्तर स्थिती एकैपटक नकारात्मक भएसँगै देशको अर्थतन्त्र थप नकारात्मक दिशातर्फ गएको संकेत दिएको सम्बद्ध अर्थविदहरु बताउँछन् ।

laxmi

रेमिटान्सले धानेको नेपाली अर्थतन्त्रमा पछिल्लो समय आयात बढेसँगै देशको शोधनान्तर स्थिती नकारात्मक दिशामा गएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘लकडाउन खुल्ने बन्द हुने अवस्था छ । यस्तो अवस्थामा निजी क्षेत्रले अवस्था हेरेर आफ्नो गतिविधि बढाईरहेका छन्,’ उनले भने, ‘अहिले त्यसैको असर शोधनान्तर स्थितीमा देखियो ।’

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्स आप्रवाहमा गिरावट आएको भए देश अर्थतन्त्रनै कोल्याप्स हुने स्थितीमा पुग्ने समेत उनले जानकारी दिए । ‘यदि अहिलेकै अवस्थामा रेमिटान्स नभित्रिएको थियो भने देशमा भोकमरी लाग्नुका साथै लुटपाट मचिन्थ्यो,’ उनले भने ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७६ असार सम्ममा शोधनान्तर स्थिति घाटामा थियो । तर २०७६ साउनदेखि लगातार २ बर्षसम्म बचतमा रहेको देशको स्थिती घाटामा गएको हो र समीक्षा अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता पछि उच्च रुपमा बढेको छ । अघिल्लो वर्षको ११ महिनामा चालु खाता ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो चालू आबको सोही अबधिमा आईपुग्दा २ खब ९३ अर्ब ९७ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
यसैगरी सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई आएको छ । सो अबिधमा १६ अर्ब २० करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको छ ।

सो अबधिमा कुल विदेशी विनिमय सञ्चितिमा गिरावट आएको छ । जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेकोमा असार मसान्तमा आईपुग्दा २।६ प्रतिशतले कमी आई १३ खर्ब ६५ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११।१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL