Logo

‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणको लागि आवेदन खुला, यसरी गर्नुस आवेदन

‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणको लागि आवेदन खुला, यसरी गर्नुस आवेदन



काठमाडौं । ‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणको लागि आवेदन खुलेको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने यस कार्यक्रमले आवेदन खुला गरेको हो ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । जेन २० २१ नामक ग्लोकल टीन हिरोले एक वेबिनार श्रृंखला प्रारम्भ गरेको छ जसमार्फत किशोर किशोरीहरूले विस्तृत दृष्टिकोण एवम् विभिन्न सामाजिक मुद्दाहरूको बारेमा सिक्न पाउने छन ।

यस मार्फत सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडीजीहरूमा काम गरिरहेका किशोर–किशोरीहरूले विभिन्न देशका विशेषज्ञहरूसँग सिक्ने र उनीहरूसँग नेटवर्किङ्ग गर्ने अवसर पाउने छन् र उनीहरूको कामका क्षेत्रमा थप प्रोत्साहनका साथ अगाडि लैजान मार्गनिर्देशन प्राप्त गर्नेछन ।

यसमा १३ देखि १९ वर्षको किशोरकिशोरीहरुले आवेदन दिन पाउनेछन् । यसको लागि आवेदन दिन कुनै पनि प्रकारको शुल्क नलाग्ने संस्थाले जनाएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता देखाएकाहरुले http//www.nepal.glocalteenhero.com मा आवेदन दिन सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL