Logo

ज्योति विकास बैंक र नाट्टाबीच व्यवसायिक सम्झौता, बैंकले नाट्टामा आबद्धलाई विभिन्न सुविधा दिने

ज्योति विकास बैंक र नाट्टाबीच व्यवसायिक सम्झौता, बैंकले नाट्टामा आबद्धलाई विभिन्न सुविधा दिने



काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बीच व्यवसायीक सहकार्यको सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

laxmi

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले नाट्टा अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु समेत प्रदान गर्ने सहमति भएको छ ।

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त नाट्टासँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL