Logo

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक, संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक, संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउबा प्रधानमन्त्री बनेपछि आज मन्त्रिपरिषदको दोस्रो बैठक बस्दै छ । बैठक २ बजेका लागि बोलाइएको छ ।

आज बस्ने मन्त्रिपरिषदले संसद बैठक आव्हान गर्न राष्ट्रपतिलाई सिफारिश गर्न सक्ने बताइएको छ । सर्वोच्च अदालतले साउन ३ गतेसम्म प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएकोले सरकारले आजको मन्त्रिपरिषदबाट बैठक बोलाउन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बुझिएको छ ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले आगामी चैत्रसम्म सबै नागरिकलाई खोप लागाउने, कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष सल्लाहकार नियुक्त गर्ने, साथै कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा रहेकालाई दिने भनिएको भत्ता एक सातामा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL