बिजखबर संवाददाता १९ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ भने निगमले डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको हो । घटेको मुल्य मंगलबारदेखि लागू हुने निगमले जानकारी दिएको छ । नयाँ मुल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ९ रुपैयाँ पर्नेछ ।…