Logo

प्रतितोला २ सयले घट्यो सुन, चाँदी स्थीर

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ ४९ हजार ७ सयमा झरेको छ । सोमबार ४९ हजार ९ सयमा किनबेच भएको सुन आज प्रतितोला २ सयले घटेको हो । सो दि चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदी प्रतितोला ६ सय ७५ मा किनबेच भएको छ ।