Logo

राष्ट्रिय औद्योगिक वस्तु प्रदर्शनी हुँदै, हस्तकलाका सामग्री प्रमुख आकर्षण

राष्ट्रिय औद्योगिक वस्तु प्रदर्शनी हुँदै, हस्तकलाका सामग्री प्रमुख आकर्षण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २७ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आगामी फागुन ४ गतेदेखि हुने भएको छ । घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वरले आयोजना गर्न लागेको सो प्रदर्शनी ५ दिनसम्म चल्ने छ ।

लघु, घरेलु तथा साना उद्यमीहरुवाट उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रर्वद्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले जानकारी दिए । प्रदर्शनीबाट उद्यमीले उत्पादन गरेका सामानहरुलाई बजारीकरण गर्न सजिलो हुने विश्वास उनको छ ।

समितिले २०४२ सालदेखी राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

प्रदशर्नीमा ७५ जिल्लाका उद्यमी सहभागि हुने र उद्यमीले तयार पारेका सामानलाई एउटै छातामुनिवाट उपभेक्तालाई सहज रुपमा खरिद गर्न सजिलो हुने अपेक्षा गरीएको समितिको छ ।

उद्यमीले तयार पारेका सामानलाई बजारीकरण गर्न ३ सय भन्दा बढी स्टल रहने छन् । प्रर्दशनिको विशेष आर्कषणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकला जन्य उत्पादनहरु, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, बौद्धिक समपति तथा उद्योग व्यवसाय प्रवद्र्धन वारे सम्बन्धित निकाय र उद्यमीहरु विच अन्तरक्रियालगायत कार्यक्रम र सामानहरु रहनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL