Logo

गुडविलको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस र ४ बराबर १ हकप्रद जारी

गुडविलको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस र ४ बराबर १ हकप्रद जारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५२ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ । बुधवार फाइनान्सको २१ औं बार्षिक साधारणसभाको अवसरमा यस्तो निर्णय  गरिएको हो । त्यस्तै ४ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय  समेत गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष सुधिरमान मास्केले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन अनुसार संस्थाको निक्षेप ११ दशमलव ५५ प्रतिशतले बृद्धि भइ ३ अर्व २० करोड ४१ लाख पुगेको छ । त्यस्तै कर्जातर्फ ८ दशमलव ४८ प्रतिशतले बृद्धि भइ २ अर्व ४६ करोड १५ लाख पुगेको बताइएको छ ।

संस्थाले भुकम्प पीडीतहरुका लागि सामाजिक उत्तरदायित्व वापत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ५० हजार राखेको बताइएको छ ।

सभाले फाइनान्सको सञ्चालक समितिको निर्वाचनमा संस्थापक सेयरधनीको तर्फबाट राजाराम जोशी, स्वर्गमान सिंह श्रेष्ठ,जयकारप्रसाद गौचन, दिलीपकुमार मुनकर्मीलाई निर्वाचित गरेको छ ।

त्यस्तै सर्वसाधारणबाट विश्व प्रकाश साख,उत्तमराज कायस्थ र पशुपति भक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL