काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका ओली हिमालयन एयरलाइन्सबाट आज काठमाडौं आइपुगेका हुन् । उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो । हिमालय एयरलाइन्सको विशेष चार्टर…