काठमाडौं । बीमा क्षेत्रको नियामकीय निकाय बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्रै दिन निर्देशन दिएको छ । समितिले मंगलबार सबै बीमा कम्पनीहरुलाई बीमा दावी भुक्तानी गर्न ढिलाई नहुनेगरी ७ दिनभित्रै गर्न निर्देशन दिएको हो । पछिल्लो समय बीमा दावी भुक्तानीको समयकै बारेमा धेरैजसो गुनासो आउन थालेपछि यस्तो निर्देशन दिएको समितिले जानकारी दिएको छ…