Logo

कोरोना महामारीको असर भारतको रोजगार बजारमा, अक्टोबरमा बेरोजगारी दर ६ दशमलव ९८ प्रतिशत पुग्यो

कोरोना महामारीको असर भारतको रोजगार बजारमा, अक्टोबरमा बेरोजगारी दर ६ दशमलव ९८ प्रतिशत पुग्यो



काठमाडौं । कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६ दशमलव ६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६ दशमलव ९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

सोमबार साँझ जारी गरिएको सीएमआईईको तथ्याङ्कका अनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भएपनि अक्टूबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ ।

शहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८ दशमलव ४५ रहेकोमा अक्टोबरमा ७ दशमलव १५ प्रतिशतमा झरेको छ ।

त्यस्तै ग्रामिण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५ दशमलव ८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६ दशमलव ९० पुगेको केन्द्रले बताएको छ ।

रोजगार सङ्ख्याको विपरीत अब्टोबरमा सामान तथा सेवा कर सङ्कलनमा फेब्रुवरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १० दशमलव २ प्रतिशतले वृद्धि भएको बताइएको छ । रासस, एपी

प्रतिक्रिया दिनुहोस्
MBL